मिलन चाम्सको ‘ह्याप्पी डेज’ र ‘ब्लाइन्ड रक्स’ अष्ट्रेलियामा बिक्रि

केहि दिन अगाडी छायाँकन सम्पन्न भएको चलचित्र ‘ह्याप्पी डेज’ र छायाँकन हुन बाकीं रहेको चलचित्र ‘ब्लाइन्ड रक्स’ अष्ट्रेलियाका लागि बिक्रि भएको छ।


निर्माण कम्पनि चाम्स इन्टरटेन्टमेन्ट र अष्ट्रेलियास्थित नमस्ते इन्टरटेन्टमेन्टबीच सहमति भएको हो। चाम्स इन्टरटेन्टमेन्टको व्यानरमा बनेको ‘ह्याप्पी डेज’ पोस्ट प्रोडक्सनामा रहेको छ भने ‘ब्लाइन्ड रक्स’ चाडै छायाँकनमा जाने तयारीमा रहेको छ। निर्देशक चाम्सका अनुसार ह्याप्पी डेजलाई सम्भवतः अगस्ट र ब्लाइन्ड रक्सलाई त्यस पछाडि अष्ट्रेलिया प्रदर्शन गरिनेछ । रोमान्टिक ड्रमा ह्याप्पी डेज र बायोपिक ड्रमा ब्लाइन्ड रक्स कथावस्तु, स्टारकास्ट र ब्यानरले गर्दा निर्माण अघि नै चर्चामा रहेको छ ।

Comments

comments