महानायकको राजेश हमालको जन्मदिन आज, ५३ बर्षमा प्रवेश

नेपाली सिने जगतका महानायक राजेश हमाल ५३ बर्षमा प्रवेश गरेका छन्। नेपाली सिने जगतका सर्वाधिक सफल अभिनेता राजेश हमालले चलचित्र युग देखि युग सम्म बाट नेपाली रजतपटमा प्रवेश गरेका थिए। दूई सय भन्दा बढी चलचित्रमा अभिनय गरेका हमाल एक्सन र आफ्नो दमदार आवाजका कारण नै लोकप्रिय बने।

नेपाली चलचित्र जगतको एउटा सफल व्यक्तित्व राजेश हमालले करिव चार बर्ष अगाडी विवहा गरे। सधै जसो बिहे कहिले हमाल जी भनेर आउने प्रश्नको जवाफ स्वरूप उनले प्रेमीका मधु भट्टराई संग ४ बर्ष पहिले विवहा गरे।

तर उनलाई विवहा लगत्तै अब पिता कहिले बन्ने भन्ने प्रश्न राख्न थालिएको छ। हुन पनि स्वाभाविक हो, समकालिन अभिनेता भुवन केसीका छोरा अनमोल केसी यतिबेला सुपरस्टार बनिसकेका छन् भने शिव श्रेष्ठका छोराले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरिसकेका छन्। अब राजेश हमालको क्रेज उनको परिवारबाट कस्ले धान्ने भन्ने जिज्ञासा समेत उब्जिन थालेको छ।

यो लगायत उनलाई राजीनित देखि चलचित्र निर्देशन सम्म कहिले गर्ने भन्ने प्रश्न समेत राखिने गरिन्छ। तर उनि हरेक प्रश्नको जवाफ समय आएपछि सबै कुरा हुने बताउदै टाल्ने गरेका छन्।
जेहोस नेपाली चलचित्र क्षेत्रका सर्वाधिक सफल अभिनेता महानायक राजेश हमालाई जन्मदिनको लाखौ लाख शुभकामना।

Comments

comments