यस्तो छ ‘गोलमाल ४’ को परिवार

बलिउडमा ‘गोलमाल’ निकै लोकप्रिय सिरिज हो। रोहित शेट्टीको निर्देशनमा तयार हुने चलचित्रको छायाँकन सुरु हुन लागेको छ। ‘गोलमाल’ सिरिज अजय देवगणको निकै सफल सिरिज समेत रहेको छ।


अजय देवगण, तुसार कपुरको साथमा गोलमालको नयाँ सिरिजमा परिणीति चोपडा देखिने पक्का भईसकेको छ। तर परिणितको साथमा यो चलचित्रमा तब्बु समेत देखिने भएकी छिन्।

हरेक जसो चलचित्रमा सिरियस भूमिकामा देखिने तब्बु यो चलचित्रमा कस्तो भूमिकामा देखिने हुन् त्यो भने हेर्न लायकको विषय रहनेछ। – एजेन्सी

Comments

comments