फोगाट सिस्टर गीता र बबिता देखिनेछन् रियालिटी शोमा

केहि समय अगाडी फोगाट सिस्टर गीता र बबिताको कहानी माथि चलचित्र ‘दंगल’ निर्माण भयो। बलिउड बक्स अफिसमा चलचित्रले कमाल गर्यो। तीनै फोगाट सिस्टर गीता र बबिता अव एक टेलिभिजन रियालिटी शोमा देखिने भएका छन्।

कलर्स टेलिभिजन बाट प्रसारण हुन लागेको रियालिटी शो ‘खतरों के खिलाड़ी 8’ मा यी दुई लाई देखिने छ। एडभेन्चर लवर्सले धेरै रुचाएको यो रियालिटी शोको यो सिजनमा रोहित शेट्टी फर्कने भएका छन्। अघिल्लो सिजन शोलाई अर्जुन कपुरले होस्ट गरेका थिए। -एजेन्सी

Comments

comments