विवहा पछि नेपालमा गरिमा पन्त, परिवार संग बिताउदैछिन् समय (तस्विरसहित)

अभिनेत्री गरिमा पन्त प्रेमी हरि शर्मा संग विवहा गरेर वेल्जियममा बस्दै आएकी छिन्। वेल्जियमका व्यवसायी हरि संग प्रेम विवहा गरेर उतै बस्दै आएकी गरिमा यतिबेला नेपालमा रहेकी छिन्। विवहा पछी मिडिया र चलचित्र क्षेत्रबाट टाढा रहेकी गरिमाले परिवार संगको तस्विर इनस्टाग्राममा शेयर गरेकी छिन्।

चलचित्र ‘झोला’ बाट निकै राम्रो प्रशंसा वटुल्न सफल गरिमाले दर्शक र मिडिया सामु शान्त स्वभावकी नायिकाको छवी बनाएकी छिन्।

अभिनयमा अब्बल रहदा रहदै व्यावसायिक रुपमा भने त्यति धेरै सफल चलचित्र उनले दिन सकेकी थिइनन्। चलचित्र क्षेत्रमा सक्रिय रहदै गर्दा उनले एक्कासि विवहा गरेकी थिइन्।

घुमघाममा व्यस्त रहेकी गरिमा नेपाली चलचित्र क्षेत्रमा फर्किने छन् या छैनन् त्यो भने स्वयंम गरिमालाई थाह होला?

तस्विर: गरिमा पन्तको इनस्टाग्रामबाट 

Comments

comments