‘ग्याङस्टर ब्लुज’ प्रिमियरमा मिस नेपाल देखि प्रतिष्ठित सेलिब्रेटीसम्म, यस्तो बन्यो प्रिमियर माहोल (फोटोफिचर)

भदौ २ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘ग्याङस्टर ब्लुज’ को प्रिमियर शो सम्पन्न भएको छ। आशिरमान देशराज जोशी र आना शर्मा मुख्य भूमिकामा रहेको चलचित्रको बुधबार चावहिलस्थित केएल टावरमा प्रिमियर शो सम्पन्न भएको हो।

पाहुनाले खचाखच भरिएको प्रिमियर शोमा अधिकांशले चलचित्रको तारिफ गरेको थिए। प्रिमियर शोमा मिस नेपाल निकिता चन्दक, मिस नेपाल सेकेन्ड रनरअप नीति शाह, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रिमा विश्वकर्मा, आष्मा डिसी, निश्चल बस्नेत, स्वस्तिमा खड्का लगायतका कलाकारको उपस्थिति रहेको थियो।

हेमराज बिसीले निर्देशन गरेको चलचित्रमा आना र आशिरमानको साथमा रोजिशा शाही ठकुरी, संयम पुरी, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको थियो।

तस्विर: मिलन ढुंगाना

Comments

comments