‘राधे’ को फस्टलुक मा यस्तो देखिए निखिल

अभिनेता निखिल उप्रेती मुख्य भूमिकामा रहेको चलचित्र ‘राधे’ को फस्टलुक सार्वजनिक भएको छ । नयाँ वर्षको अवसरमा बैशाख १ गतेबाट रिलिज हुन् लागेको चलचित्रको फस्टलुक सार्वजनिक गरीएको हो ।


हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुशील पोख्रेलले निर्माण गरेका हुन् । सावजनिक पोष्टरमा निखिललाई कमान्डो अवतारमा देखाईएको छ ।
जगदिश्वर थापाको लेखन तथा निर्देहन रहेको चलचित्रमा हिमाल केसीको द्द्न्द, रामजी लामिछानेको नृत्य, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन पोख्रेलको संगीत रहेको छ । चलचित्रमा निखिलको अलावा अशिष्मा नकर्मी, शिशिर भण्डारी, प्रमोद अग्रहरी मुख्य भूमिकामा रहेका छन् ।

Comments

comments