असार ३० मा पुजा र पलको ‘म यस्तो गीत गाउछु

पल शाह र पुजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्र ‘म यस्तो गाउछु’ले रिलिज मिति तय गरेको छ। आगामी बर्षको असार ३० गतेको लागि पल र पुजा दर्शक संगै गीत गाउनको लागि तयार भएका हुन्। निर्माता तथा निर्देशक सुदर्शन थापाले २०७४ साल असर ३० गतेबाट चलचित्र प्रदर्शन हुने जानकारी दिए। चलचित्रको केहि प्रतिशत छायाँकन बाँकी रहेको बताइएको छ।
छायाँकन पश्चात सम्पादनको काम सकेपछी असार ३० गतेलाई चलचित्रको रिलिज मिति उपयुक्त ठानिएको निर्माण टिमले जानकारी दिएको छ। काठमान्डौ र पोखरामा छायाँकन गरिएको चलचित्रको गीतको सुटिङको लागि निर्माण टिम केहि दिनमा अप्पर मुस्ताङ जाने बताईएको छ।
चलचित्रमा पल र पुजाको साथमा सरोज खनाल, रुपा राणा, प्रज्जवल सुजल गिरि लगायतका कलाकारको अभिनय रहेको छ। लभ स्टोरी चलचित्र निर्माणमा सफल निर्देशक सुदर्शन थापाले यो चलचित्र हेर्दा दर्शकलाई आफ्नै प्रेम कहानी महसुस गर्ने बताएका छन्।

Comments

comments