‘रातो घर’ हेरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको यस्तो प्रतिक्रिया

पुर्व प्रधानमन्त्रि केपी शर्मा ओली निकै समयपछी सिनेमाघरमा देखिएका छन्। हाल प्रदर्शनरत चलचित्र ‘रातो घर’ हेर्नको लागि उनि बिहिबार कमलपोखरीस्थित बिग मुभिज सिनेमा घरमा पुगेका थिए। सिनेमा हेरिसकेपछि ओलीले सिनेमा निकै मनोरन्जनात्मक रहेको प्रतिक्रिया दिएका छन्।

चलचित्र हेरिसकेपछि संचारकर्मीलाई प्रतिक्रिया दिदै उनले भने,’चलचित्रले एउटा राम्रो संदेश दिएको छ। नराम्रो काममा लाग्यो भने त्यसको परिणाम पनि नराम्रै हुन्छ तर नराम्रो काममा लागेका युवाको भावना पनि निकै राम्रो हुन्छ।’ बिशेष गरि उनले चलचित्रका तीन पात्रलाई निकै रुचाएका छन् ‘झकमाले’ पात्रमा देखिएका विल्सनविक्रम राई, ‘झापाली’ अनुरागमानसिंह कुँवर र ‘दुक्की’ संयम पुरीको अभिनयलाई उनले निकै मन पराएका छन्।

‘रातो घर’ हेर्नको लागी पुर्व सभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङ, एमाले नेता प्रदिप ज्ञावाली लगायतका नेताहरु सिनेमाघरमा पुगेका थिए।

त्यस्तै निर्देशक तथा कलाकार दिपाश्री निरौला, निर्माता छविराज ओझा, कलाकारहरु केदार घिमिरे ‘माग्ने बुढा’ ,जितु नेपाल, गायक रामकृष्ण ढकाल लगायतका व्यक्तित्व चलचित्र हेर्नको लागि सिनेमाघरमा पुगेका थिए।

सुरज सुब्बा नाल्बो निर्देशित चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, अनुरागमान सिंह कुँवर, मेनुका प्रधान, संयम पुरी लगायतका कलाकारको अभिनय रहेको छ।

तस्विर: उद्धव रसाईली

Comments

comments