पूर्व राजपरिवार पुगे ‘बाहुबली-२’ हेर्न

‘बाहुबली २’ बहुप्रतिक्षित बनेको चलचित्र हो। निकै प्रतीक्षा पछी हप्ता दिन अगाडी चलचित्र रिलिज भएको छ। रिलिज पश्चात चलचित्रले बलिउड बक्स अफिसमा रेकर्ड ब्रेक प्रदर्शन नै गरेको छ। सोहि चलचित्रको हाईप नेपाली दर्शकमाझ पनि उत्ति नै देखिएको छ। चलचित्र हेर्ने हानथाप चलिनै रहेको छ।

सोहि क्रममा ‘बाहुबली-२’ हेर्न नेपालको पुर्वराजपरिवार समेत पुगेको छ। पुर्व राजपरिवार सदस्यले शुक्रबार साँझ काठमाडौं सुन्धारा स्थित सिटिसी मलको सिने डाइन हलमा चलचित्र हेरेका हुन्। चलचित्र हेर्न १७ वटा टिकट राजपरिवारले खरिद गरेको थियो। पूर्व रानी कोमल शाह, पूर्व युवराज्ञी हिमानी शाह तथा नाति नातिनाले बाहुबली–२ हेरेका हुन्।

Comments

comments