सकियो कथा काठमान्डौको छायांकन, के कनेस्कन छ आयुष्मान र प्रियंकाको?

चलचित्र ‘कथा काठमाण्डौ’ को छायांकन सकिएको छ। टेलिभिजन कार्यक्रम प्रस्तोत संगीता श्रेष्ठको निर्देशनमा तयार हुन् लागेको चलचित्रको छायाँकन २३ दिनमा सकिएको हो।

मंगलबारबाट चलचित्रको सम्पूर्ण छायाँकन सकिएको निर्माण पक्षले जनाएको छ। निर्देशक संगीताले तीन चरणमा २३ दिन लगाएर चलचित्रको छायाँकन सकिएको जानकारी गराएकी छिन्।


चलचित्र भित्र तीनवटा फरक कथा रहेको र तीनवटै कथाको पात्रको कनेक्सन एकअर्का संग रहेको निर्माण पक्षले जनाएको छ।
निर्देशक श्रेष्ठले चलचित्रमा प्रियंकाको कथाको कनेक्सन सन्ध्यासंग र सन्ध्याको कथाको कनेक्सन आयुष्मान संग रहेको जनाएकी छिन्। छायाँकन सकिएलगत्तै मिडियाको लागि चलचित्र निर्माण पक्षले केहि तस्विर सार्वजनिक गरेको छ। सार्वजनिक तस्विरबाट चलचित्रमा ईन्दिरा जोशीको पनि अभिनय रहेको बुझ्न सकिन्छ।


सार्वजनिक तस्विरमा सन्जोग कोईराला र सन्ध्या केसी कलेज ड्रेसमा देखिएका छन् भने प्रियंका कार्की र प्रमोद अग्रहरीको कनेक्सन देख्न सकिन्छ। चलचित्रको छायांकन सुरु संगै आयुष्मान र प्रियंका कार्की प्रेममा समेत रहेका छन्।

Comments

comments