‘डाइङ क्यान्डल’ माघ २८ मा प्रदर्शन हुने (ट्रेलर भिडियो)

नरेश कुमार केसीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘डाइङ क्यान्डल’ को नेपालमा  रिलिज मिति घोषणा गरिएको छ ।अमेरिकाको प्रतिष्ठित क्विन्स वल्र्ड फिल्म फेस्टिभलमा तीन मुख्य विधामा मनोनीत र सिनेम्याटोग्राफी विधाको पुरस्कार जितेको चलचित्र ‘डाइङ क्यान्डल’ले  ट्रेलर रिलिज गर्दै माघ २८ गतेदेखि नेपालमा रिलिज हुने जानकारी गराएको छ।

चलचित्रमा सृजना सुब्बा, लाक्पा सिङगी तामाङ, सौगात मल्ल, अर्पण थापा र विद्या कार्कीको मुख्य भूमिकामा  रहेको छन्  उत्तम फिल्मस्, नेश्नल मिडिया र मदर पिक्चर्सको संयुत्त प्रस्तुती रहेको चलचित्र ‘डाइङ क्यान्डल’ मा रविन आचार्य, विमल सुवेदी र उत्तम केसीको संयुत्त लगानी रहेको छ । दिदी र भाईको आत्मिय सम्बन्ध देखाउने बताईएको चलचित्रमा रविन आचार्य र दिपाङ्कर सिक्देरको सिनेम्याटोग्राफी रहेको छ।

Comments

comments