आफ्नो भर्जिनिटि गुमाउन हिरोईनको फोटोमा पूजा,यस्तो छ कारण

दिल्ली युनिभर्सिटीको हिन्दु कलेजका विद्यार्थीले भ्यालेन्टाइन डे को अवसर पारेर कलेजको कम्पाउण्ड भित्र रहेको भर्जिन रूखको पुजा गरेका छन्। हरेक बर्ष जस्तै यो बर्ष पनि उनीहरुले एक अभिनेत्रीको तस्विर राखेर पूजा गरेका हुन्।

हरेक बर्ष पूजा गर्नुको उद्देश्य चै भर्जिन केटाहरुको भर्जिनिटि तोडियोस् भन्ने रहेको छ। पूजाको क्रममा विद्यार्थीहरु आफ्नो लागि गर्लफ्रेन्डको प्रार्थना गर्ने गर्दछन्।
यो बर्ष रुखमा अभिनेत्री दीशा पाटनीको तस्विर राखेर पुजा गरिएको थियो। दोश्रो र तेश्रो बर्षका बिद्यार्थीले गरेको भोटिङको आधारमा उनि छनोट भएकी थिइन्। दमदमि माई पूजा नाम दिईएको पूजामा दीपिका पादुकोण, सन्नी लियोनि लगायतका कलाकार पूजा भैसकेको छ।-एजेन्सी

Comments

comments