कुशल नेतृत्वमा हामीलाई योग्य ठहराईन्छ भने जनताको नेतृत्व लिन तयार छौ, धुर्मुस-सुन्तली (भिडियोसहित)

हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ यतिबेला तेश्रो नमुना वस्ती निर्माणमा सक्रिय छन्। महोत्तरीको बर्दिबासमा रहेको मुसहर बस्ति निर्माणमा खटिएका धुर्मुस-सुन्तलीले बैशाख १ सम्ममा बस्ति हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


धुर्मुस-सुन्तली फाउन्डेसन मार्फत समाजसेवाम सक्रिय यो जोडी राजनीति तर्फ होमिने चर्चा बेलाबखतमा चल्ने गर्दछ।
समाजमा लोकप्रिय बनेको यो आदर्श जोडी के राजनीतिमा होमिने सोचाईमा छन् त ?
हामी संगको कुराकानीमा यी दुईले अहिलेनै राजनीति गर्ने सोचाई नभएको बताएका छन्। अहिले कलाकारिता र समाजसेवामा नै हामी सक्रिय छौ। तर भविष्यमा भने आफुहरु राजनीतिमा जान सक्ने कुरा दुवैले इंकित गरेका छन्।

धुर्मुस भन्छन्,’ भविष्यमा यदि जनताले हामीलाई कुशल नेतृत्व गर्न योग्य ठहराउन्छन भने जनताको नेतृत्व लिन हामी तयार छौ।’

Comments

comments