तस्विरमा छल्किएको धुर्मुस- सुन्तलीको प्रेम

loading...

हास्यकलाकारिता क्षेत्रमा परिचित नाम हो, सिताराम कट्टेल र कुन्जना घिमिरे। मेरी बास्सैमा धुर्मुस-सुन्तलीको क्यारेक्टरमा दर्शकले दुवैलाई खुबी रुचाए। अभिनय र स्टेज कार्यक्रममा व्यस्त रहेका धुर्मुस-सुन्तली पछिल्लो समय समाजसेवामा निकै सक्रिय छन्।

०७२ सालमा गएको भूकम्पपछी दुवैले तीनवटा एकीकृत नमुना बस्ति निर्माण गरिसकेका छन्। पछिल्लो समय दुवैले नमुना नेपाल निर्माणको घोषणा गरिसकेका छन्। निकै महत्वाकांक्षी प्रोजेक्टका लागी करिव ५ अर्व लगानी लाग्ने दुवैले बताएका छन्।

धुर्मुस-सुन्तलीले विवाह गरेको केहि बर्ष बितिसकेको छ। दुवैकी एक छोरी समेत रहेकी छन्। कलाकारिता संगै सामाजिक अभियन्ताको रुपमा रहेका दुवैको प्रेम र एक अर्कालाई सम्मान पनि निकै गज्जबको रहेको छ। केहि दिन अगाडी एक सार्वजनिक कार्यक्रममा पुगेका दुवैले मिडिया सामु केहि प्रेमिल तस्विर खिचाएका थिए।

तस्विर: मिलन ढुंगाना

Comments

comments