यस्तो देखियो धुर्मुस-सुन्तलीको निर्माणाधीन मुसहर बस्ति (भिडियोसहित)

बैशाख १ गते नजिकिदै गर्दा धुर्मुस-सुन्तली लाई नयाँ बर्षको रौनक भन्दा पनि कसरि महोत्तरीका बर्दिवासमा निर्माणाधीन रहेको नमुना बस्ति हस्तान्तरण गर्ने भन्ने चटारो छ । धुर्मुस- सुन्तली फाउन्डेसन अन्तर्गतको तेश्रो बस्ति निर्माण कार्यमा जुटेका धुर्मुस-सुन्तलीले बस्ति निर्माणको ८० प्रतिशत भन्दा बढी कार्य सकिसकेका छन् ।

यतिबेला छानो छाएर घर रंग्याउने काम चलीरहेको छ । निर्माण कसरि हुदैछ भन्ने जनाकारी सहितको एउटा भिडियो सार्वजनिक गरिएको छ ।

करिव दुई महिना अगाडीबाट बस्ति निर्माण कार्यमा जुटेको धुर्मुस- सुन्तली फाउन्डेसनले मुसहर बस्तीमा ५० वटा घर, सामुदायिक भवन, मन्दिर, धारा, बिजुली लगायतको पूर्वाधार निर्माण हुदैछन् ।

Comments

comments