आर्थिक अभाव बीच धुर्मुस-सुन्तलीले सके मुसहर बस्तीको ७५ प्रतिशत काम

धुर्मुस-सुन्तली फाउन्डेसन यतिबेला तेश्रो एकीकृत बस्ती निर्माणमा सक्रिय रहेको छ। बर्दिवासको मुसहर बस्ति निर्माण गर्ने जिम्मेवारी काधमा लिएर अगाडी बढेको धुर्मुस-सुन्तली फाउन्डेसनको काम ७५ प्रतिशत सकिएको जानकारी धुर्मुसले दिएका छन्।

धुर्मुसले आर्थिक अभावको बाबजुत आफुहरुले दिनरात खटिएर काम गरिरहेको बताएका छन्। बस्ति निर्माणको थालनी भएको दूई महिना पुगेको जानकारी गराउदै धुर्मुसले बुधबार फेसबुक मार्फत त्यहाको स्थिति जानकारी सहितको तस्विर शेयर गरेका थिए।

धुर्मुस-सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासको मुसहर समुदायमा ५० वाट घर सामुदायिक भवन, मन्दिर, धारा, बिजुली, बाटोलगायतका सुविधासहितको नमुना बस्ती निर्माण गरिरहेको छ। बस्ति निर्माणको लागि करिव ४ करोड ७८ लाख लगानीको अनुमान गरिएको छ।
फाउन्डेसनलाई अझै १ करोड ६५ लाख बढीको सहयोग आवश्यक रहेको समेत जानकारी दिईएको छ। आर्थिक अभावका बिचमा पनि सवैको सहयोगको अपेक्षा गर्दै बस्ति निर्माण कार्य अगाडी बढाईएको छ।

बैशाख १ गतेलाई बस्ति हस्तान्तरणको लक्ष्य साथ अगाडी बढिरहेको धुर्मुस-सुन्तली फाउन्डेसनले सवैबाट सहयोगको अपेक्षा राखेको सिताराम कट्टेल धुर्मुसले बताए।

Comments

comments