र्‍याफ्टिङ गर्दै त्रिशुलीमा धिरजको कन्सर्ट

गिनिजबुकमा नाम लेखाउने प्रयासको साथमा गायक धिरज राईले त्रिशुलीमा गीत गएका छन्। बगिरहेको त्रिशुलीमा तीनवटा र्‍याफ्टिङमा कलाकार र १८ वटामा दर्शक बसेर फिस्लिङदेखि कुरीनटारसम्म धिरज राई लगायतका कलाकारले प्रस्तुति दिएका थिए।


बगिरहेको नदीमा यस्तो खालको प्रस्तुति पहिलो पटक भएको धिरजले बताएका छन्। नेपाल खाद्य बैंक, र्‍याफ्टिङ एशोसिएसन र त्रिशुली बचाउ अभियानले कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा बिजय लामा, मनिषा पोखरेल, रेखा पौडेल, इन्सु राई, टार्जन लिम्बु लगायतले विभिन्न गीत प्रस्तुत गरेका थिए।


नेपालका नदि र्‍याफ्टिङको लागि सुरक्षित छन् र त्रिशुली बचाउनुपर्छ भन्ने सन्देश दिनको लागि कार्यक्रम आयोजना गरिएको बताईएको छ।

तस्विर: गायक धिरज राईको फेसबुकबाट

Comments

comments