के ‘धनपति’ ले पाउला विदेशी दर्शकको साथ?

खगेन्द्र लामिछानेको प्रतिक्षित चलचित्र ‘धनपति’ असार २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। सार्वजनिक ट्रेलर बाट निकै राम्रो प्रतिक्रिया बटुलेको चलचित्र ‘टुकी आर्टस् र दिपेन्द्र के खनाल प्रोडक्सनको संयुक्त लगानीमा निर्माण भएको हो।

यहि व्यानरले यस अगाडी ‘पशुपतिप्रसाद’ चलचित्र निर्माण गरेको थियो। सुरक्षा पन्त र खगेन्द्र लामिछाने मुख्य भूमिकामा रहेको चलचित्रले विदेशी दर्शकलाई लक्षित गर्दै अंग्रेजी सवटाइटल राख्ने भएको छ। पछिल्लो समय नेपाली चलचित्र प्रति बढ्दै गएको विदेशी दर्शकको चासोलाई मध्यनजर गर्दै चलचित्र अंग्रजी सव-टाइटलको साथमा रिलिज हुन लागेको निर्माण टिमले जनाएको छ।
दिपेन्द्र के खनालको निर्देशनमा ततयार भएको चलचित्रमा खगेन्द्र र सुरक्षाको अलावा आशान्त शर्मा, मनिष निरौला, हरिहर शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।

Comments

comments