दीपिकाको वच्चा जन्माउने चाहना, तर रणवीरको हैन

एजेन्सी, बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह विचको अफेयर चलेको निकै समय भैसकेको छ। दुवैको विवाहको चर्चाले मिडियामा राम्रै स्थान पाउने गरेको छ।

यतिबेला हलिउड हुदै बलिउडको यात्रा तय गरेकी दिपिकाले अद्भूत वच्चा पाउने आफ्नो चाहना व्यक्त गरेकी छिन्। एक चर्चित टक शोमा दिपिकाले त्यस्तो अभिव्यक्ति दिएकी हुन्। तर उनले रणवीर सिंह संग नभई अरु कसैको वच्चा जन्माउने चाहाना भएको अभिव्यति दिएकी छिन्। उनले आफु एक अभिनेतालाई मन पराउन थालेको र उ संग एउटा अद्भुत बच्चा जन्माउने कल्पना गर्न थालेको बताएको छिन्। उनले कल्पना गरेको अभिनेता उनि अभिनित हलिउड चलचित्र ‘ट्रिपल एक्स: द रिटर्न अफ जेन्डर केज’ का नायक विन डिजल रहेका छन्। उनले विन संग त्यस्तो कल्पना गर्न थालेको बताएकी छिन्।

Comments

comments