सारीमा सुन्दर निर्देशक दिपाश्री निरौला (फोटोफिचर)

कलाकार, रेडियो कार्यक्रम प्रस्तोता अनि निर्देशक दिपाश्री निरौला पछिल्लो समय निकै चर्चामा रहेकी छिन्। पहिलो चलचित्र ‘छक्का पन्जा’ निर्देशनबाट नै निकै राम्रो चर्चा दिपाश्रिले बटुलीन्।

नेपाली चलचित्र ईतिहासमा धेरै रेकर्ड राख्न सफल चलचित्रले १६ करोड माथिको कमाई गर्ने सफल भयो। यहि चलचित्र मार्फत दिपाश्रीले उत्कृष्ट निर्देशकको अवार्ड हात पारिसकेकी छिन्।


यतिबेला उनि चलचित्र ‘छक्का पन्जा २’ को छायाँकनको लगभग अन्तिम चरणमा रहेकी छिन्। एउटा गीतको बाहेक अरु सवै छायाँकन सकिएको दिपा बताउछिन्।


शनिबार सम्पन्न पाचौ एनएफडिसी राष्ट्रिय चलचित्र अवार्ड ‘ मा दिपाश्री सारीमा सजिएर पुगेकी थिइन्। मिडियाको राम्रो ध्यान खिच्न सफल दिपाश्रीका केहि तस्विर तपाईको लागि प्रस्तुत गरेका छौ।

तस्विर:मिलन ढुंगाना

Comments

comments