कृष्ण सुवेदीको आत्माहत्यामा दिपकराज गिरिलाई किन दोष ?(भिडियोसहित)

केहि दिन अगाडी चलचित्र ‘छक्का पन्जा’ पाईरेसीको घटनाको चर्चा यतिबेला बजारमा व्याप्त छ। चलचित्र पाईरेसि गरेको आरोप लागेका मध्येका एक युवा कृष्ण सुवेदीले आत्माहत्या गरे पछाडी यसको आरोप दिपकराज गिरीलाई लगाईदै आएको छ। सामाजिक संजालमा र कतिपय  मिडियामा दिपकराज गिरीले दिएको धम्कीका कारण सुवेदीले आत्माहत्या गरेको आरोप लगाउदै दिपकराज गिरीलाई कडा कारवाही गर्न माग गर्दै प्रदर्शन समेत सुरु भएको छ। आईतबार बिभिन्न कलेजका बिद्यार्थीले सुवेदीको हत्यारा दिपकराज गिरि भएको भन्दै कारबाहीको माग गरेका छन्। चलचित्र छक्का पञ्जाको पाईरेसीको आरोपमा गत पुस २८ गते आत्महत्या गर्न बाध्य भएका भनिएका  नोबेल कलेजका विद्यार्थी कृष्ण सुवेदीको स्मृतिमा विद्यार्थीहरुले आईतबार -याली समेत निकालेका थिए। कलाकार गिरीलाई कानुनी कारवाही नगरेसम्म नवलपरासीको कावासोतीमा गिरीको कुनैपनि कार्यक्रम हुन नदिने नेविसंघ कावासोती ईकाईले जनाएको छ ।

त्यस्तै यहि बिषयमा बोल्दै दिपकराज गिरीले आफ्नो विचार व्यक्त गरेका छन्। उनले मारेर जाने मान्छे मारेर गए तर म छिन छिन मा मरिरहेछु भन्ने भावना व्यक्त गरेका छन्। उनले सामाजिक संजालमा देखिएको आक्रोश र छक्का पन्जा टिमलाई लगाईएको आरोप मिथ्या भएको टिप्पणी गरेका छन्। उनले आफुलाई बदनाम गर्न यसो गरिएको बताएका छन्। आफ्नु सामाना चोरी भएको वा अवैध रुपमा प्रयोग भएको उजुरी गर्नु अपराध हो भने आफु अपराधि भएको स्विकार्ने बताएका छन्। उनले आफुले सुवेदीलाई पुलिस स्टेशनमा हल्का गालि गरेर छाडेको र पछी कहिले सम्पर्क नगरेको बताएका छन्। आफुले धम्काएको पत्ता लगाएमा आफुले कारबाही सहन तयार रहेको बताएका छन्। सहि र गलत छुट्याउन सबैलाई दिपकले आग्रह गरेका छन्।

भिडियो

https://www.youtube.com/watch?v=8jpUvtxXiig

Comments

comments