नेफ्टालाई दिपकको व्यङ्ग्य ,सवै विधामा हार्ने चलचित्र कसरि उत्कृष्ट हुन्छ?

यतिबेला दुबइमा सम्पन्न नवौं नेफ्टा अवार्डको टिकाटिप्पणी बजारमा चर्को रुपमा भईरहेको छ। केहि विधाका अवार्ड बितारणले नेफ्टा विवादमा तानिएको छ। यहि क्रममा दुबइ बाट फर्किएलगत्तै नेफ्टा महासचिव सुरज आचार्यले राजिनामा दिईसकेका छन्।
यसको चर्चाले चलचित्रकर्मी माझ पनि उत्तिकै स्थान पाईरहेको छ। हरेक कामको चाडो प्रतिक्रिया दिने कलाकारको रुपमा परिचित दिपकराज गिरीले सामाजिक संन्जाला मार्फत् नेफ्टा अवार्डलाई व्यङ्ग्य प्रहार गरेका छन्। बिशेष गरेर उनले जुरी सदस्यलाई व्यङ्ग्य गर्दै प्रश्न गरेका छन्,’सवै विधामा हार्ने चलचित्र कसरि उत्कृष्ट चलचित्र हुन्छ?’

त्यसो त नवौं नेफ्टा अवार्डमा उत्कृष्ट चलचित्रको अवार्ड ‘पशुपति प्रसाद’ ले प्राप्त गरेको थियो। चलचित्रका निर्देशक दिपेन्द्र के खनाल स्वयंम उपस्थित समारोहमा खनाल अवार्ड लिन स्टेज नचढे पछी उनको अवार्ड दिपकराज गिरीले ग्रहण गरेका थिए।

सामाजिक संजाल फेसबुकमा उनले राखेको स्टाटस जस्ताको तस्तै:

दुबइमा भब्य अवार्ड भयो…आयोजकले बलिउडको अवार्डझै लाग्ने गरेर तैयारी पनि गरे, खान पिन , बसाई , स्वागत सब गज्जब थियो
तर हामिलाइ के पच्थ्यो त्यो भब्यता र शिष्टता …. बिबादै बिबाद
तनाबै तनाब…. यो सबै हलिउड शैलिले अवार्ड बितरण गरेकोले समस्या उत्पन्न भएको हो…….लौ न यी ५ जनालाइ एउटा तालिमको ब्यबस्था मिलाइ दिउं ….!!!
सबैलाइ बॉडनु हलिउड शैली हुदैन, बेष्ट डाइरेक्टर हुनलाइ एक दुइ वटा अरू अवार्ड दिनु पर्थ्यो, अनि सबै बिधामा हार्ने फिल्म चाहि कसरी बेष्ट फिल्म हुन्छ?

Comments

comments