आत्महत्या प्रकारणको बारेमा दिपक पुगे पुलिस चौकी, दोषी पत्ता लगाउन निवेदन

चलचित्र ‘छक्का पन्जा’ पाईरेसीमा संलग्न कृष्ण सुवेदीको आत्महत्या प्रकरणको बिषयमा सहि छानविन गरेर दिपकराज गिरिले शनिबार महानगरीय प्रहरी वृत गौशालामा निवेदन दर्ता गराएका छन्।


सामाजिक संजालमा आएको प्रतिक्रिया र केहि संचारमाध्यममा  आएको एकतर्फी समाचारलाई आफुले नजिक बाट नियालेको र यस बिषयमा उचित छानविन गरि पाउ भनेर दिपराज गिरीले निवेदन दर्ता गराएका हुन्। सामाजिक संजालमा आफुहरुलाई गिराउने काम भएको भन्दै यस बिषयमा सत्य तथ्य निष्पक्ष छानविन गरि पाउ भनेर दिपकराज गिरीले निवेदन दर्ता गराएका हुन्। बिहिबार साझ युरोप बाट फर्किएलगत्तै शनिबार दिपकराज गिरि लगायत निर्देशक दिपाश्री निरौला, कलाकार जितु नेपाल, निर्मल शर्मा लगायतको टोलि प्रहरी वृत गौशाला पुगेको हो । यहि बिषयमा बोल्दै निर्देशक निरौलाले आफ्नु भाई सरहको मान्छेको आत्महत्याले आफु दुखि भएको र यसमा छक्का पन्जा टिमको कुनै दोष नभएको बताएकी छिन्।

Comments

comments