आफ्नै चलचित्र प्रमोशनमा छैनन् दया र सौगात, कामेश्वरले मागे निर्मातासँग चिट !

पछिल्लो समय नेपाली चलचित्र पारखीले राम्रा चलचित्रको स्वाद चाख्न पाईरहेका छन्। फरक स्वादका चलचित्र दर्शकहरुले पाईरहेका छन्। चलचित्रलाई कमर्सियल र अर्गानिक धार भनेर विभाजन गरिने गरिएको छ। कतिले यसलाई नयाँ र पुराना धारको चलचित्र पनि भन्ने गर्दछन भने अघोषित रुपमा मल्टिप्लेक्स र सिंगल स्कृन धार भनेर विभाजित छ।


पछिल्लो समय यहि धारको आधारमा कलाकार समेत विभाजित हुने गरेका छन्। अभिनेता निखिल उप्रेती लगायतलाई सिंगल स्कृनको बादशाह भनिन्छ भने दयाहाङ राई, सौगात मल्ल लगायतलाई मल्टिप्लेक्सका कलाकार भनेर चित्रण गर्ने गरिन्छ।
चलचित्रमा कथावस्तु संगै त्यसको प्रमोशन पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। राम्रो कथा अब्बल कलाकार संगै प्रमोशन पनि चलचित्र चलाउने महत्वपूर्ण हतियारको रुपमा लिईन्छ। तर पछिल्लो समय नाम चलेका कलाकार नै आफ्नै चलचित्रको प्रमोशनमा देखिदैनन्।
दयाहाङ राई र सौगात मल्ल अभिनित चलचित्र ‘लुट २’ प्रदर्शनमा आईसकेको छ भने ‘लप्पन छप्पन’ यहि चैत्र ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।तर यी दुवै चलचित्रको प्रमोशनमा दया र सौगात देखिएका छैनन्। स्मरण रहोस् दया र सौगात ‘लुट’ चलचित्र बाट उदाएका कलाकार हुन्।

अव बजारमा आफ्नो छुट्टै हाईप बनाएको भए पनि चलचित्रको प्रमोशनमा नै नहीड्दा चलचित्र भन्दा पनि बढी आफैलाई घाटा हुने कुरा पनि कलाकारले बुझ्न जरुरि देखिन्छ। अनलाईन मिडियाको स्थापना संगै दर्शकहरु कलाकारको कुराकानी र उनीहरुको कामको बारेमा बुझ्न अझ बढी लालायित हुदै गएका छन्। मीडियाबाट पाएको प्रतिक्रिया बाट नै चलचित्र हेर्न जाने दर्शकको पनि निकै ठुलो लर्को रहेको छ। यस्तो अवस्थामा मिडियामा नै आउने समय छुट्याउन नसकेपछि चलचित्र चलाउन निर्मातालाई पनि हम्मे हम्मे परेको देखिन्छ। दया र सौगात मात्रै हैन अरु धेरै कलाकार छन् जो प्रमोसनमा देखिदैनन्।

चैत्र १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पलाँस’का कलाकार कामेश्वर चौरासिया अर्का एक प्रतिनिधि पात्र हुन्। उनले चलचित्र निर्माण पक्षलाई अन्तर्वार्ता दिनको लागि मीडियाको लिष्ट नै मागेका छन्।
निर्मात्री कृषा चौलागाईले कामेश्वरको भनाई उद्रित गर्दै भनिन् ‘मिडियाको लिस्ट दिनु। कुन मिडियासँग मैलै कुरा गर्नु पर्ने हो । जुन पायो त्यही मिडियालाई म अन्तर्वार्ता दिन्न ।’ उनका अनुसार कामेश्वरले केहि मिडिया पर्सनालिटी बाहेक अरु संग कुरा नगर्ने बताएका छन्।

तर कामेश्वरले यो बुझ्न जरुरि ठानेनन् कि हरेक मिडियाका आफ्नै पाठक हुन्छन् आफ्नै दर्शक हुन्छन अनि आफ्नै श्रोता हुन्छन् । र हरेक मिडियालाई दर्शक र पाठकले आफ्नै हिसाबको महत्व दिएका हुन्छन्। कामेश्वरले कुन अर्थमा मिडियालाई छुट्याए त्यो उनी स्वयम् लाई थाहा होला? तर आफ्नो कामको प्रमोसनमा आफै नहिडदा मिडिया भन्दा पनि आफैलाई पर्ने गैरहेको घाटाको हिसाब गर्न कामेश्वर कतै चुके कि?

यी त केहि प्रतिनिधि पात्र मात्रै हुन्। धेरै निर्माताहरु आफ्नो चलचित्र प्रदर्शनको समयमा कलाकारले समय नदिएको गुनासो गर्ने गर्दछन्। कतिपय कलाकार सम्पर्कमा नै आउदैनन् भने कतिपय आफ्नो स्टारडमको धाक लडाउने गरेको निर्माताहरु बताउने गर्दछन्।

Comments

comments