अन्तरजातीय प्रेम कथा बोल्दै आयो दया र केकिको ‘घामपानी’ ट्रेलर (ट्रेलरसहित)

केकी अधिकारी र दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘घामपानी’ को ट्रेलर सार्वजनिक भएको छ।
बैशाख १ गतेलाई रिलिज मिति तय गरेको चलचित्रलाई समिक्षक दिपेन्द्र लामाले निर्देशन गरेका छन्। लामा यसै चलचित्र मार्फत निर्देशकको रुपमा डेव्यु गर्दैछन्।

सार्वजनिक ट्रेलरले अन्तरजातीय प्रेम कथा बोल्छ। ट्रेलरमा दयाहाङ राईलाई तामाङ समुदायको युवा र केकिलाई ब्राम्हण समुदायकी युवतीको रुपमा देखाईएको छ।


अन्तरजातीय प्रेमले सिर्जना गर्ने परिस्थितिको वरिपरी चलचित्रको ट्रेलर घुमेको छ। बिहिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर ट्रेलर सार्वजनिक गरिएको छ। सो समारोहमा कलाकारका मुख्य पात्र केकी अधिकारी र दयाहाङ राई अनुपस्थित रहेका थिए।

Comments

comments