पुष्पल र साहाराको ‘दर्पण छायाँ २’ प्रदर्शनमा

करिव १६ बर्ष अगाडी प्रदर्शनमा आएको चलचित्र ‘दर्पण छायाँ’ बाट नाम सापटी लिएर तयार भएको चलचित्र ‘दर्पण छायाँ २’ फाल्गुन २७ गते शुक्रबार बाट सार्वजिनक प्रदर्शनमा आएको छ। निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको चलचित्रमा नयाँ कलाकारहरुको बाहुल्यता रहेको छ।

दिलिप राईमाझी, उत्तम प्रधान र निरुता सिंह मुख्य भूमिकामा रहेको चलचित्र ‘दर्पण छायाँ’ नेपाली चलचित्र ईतिहासको एउटा सफल चलचित्र बन्न सफल भएको थियो। सोहि चलचित्र मार्फत नपाली चलचित्र क्षेत्रमा दिलिप, उत्तम र निरुता उदाएका थिए।


चलचित्र ‘दर्पण छायाँ २’ मार्फत पुष्पल खड्का, साहारा कार्की र श्रद्दा प्रसाई नेपाली चलचित्र क्षेत्रमा उदाउने प्रयासमा रहेका छन्।
बिहिबार राजधानीमा चलचित्रको प्रिमियर गरिएको थियो। कलाकार र मिडियाकर्मिको बाक्लो उपस्थितिमा चलचित्रको प्रिमियर सम्पन भएको थियो।

सबु कार्की र रबी कार्की निर्माता रहेको चलचित्रमा पुष्पल खड्का, साहारा कार्की श्रद्दा प्रसाई, फिरोज तिमल्सिना, रोनी केसी लगायतका कलाकारको अभिनय रहेको छ।

Comments

comments