‘दंगल’ को नयाँ रेकर्ड, पछी पर्यो ‘बाहुबली २’

आमिर खान स्टारर चलचित्र ‘दंगल’ ले वर्ल्डवाइड करिव १९३४ करोड कमाई गरेर नयाँ ईतिहास कायम गरेको छ। चलचित्र विश्वमा अंग्रेजी भाषा भन्दा बाहिरको पाँचौ सर्वाधिक कमाउने चलचित्र बनेको छ। फोर्ब्सको लिस्टमा टप पाँच चलचित्रको सुचिमा दंगलको अलावा दुई चाईनिज, एक फ्रान्स र एक जापानी चलचित्र रहेका छन्।

अब कमाईको हिसाबले ‘दंगल’ बाहुबली २ भन्दा निकै अगाडी आएको छ। ‘बाहुबली २’ १६७६ करोडको कमाई गरेको छ।
चलचित्र दंगल ओभरसिजमा १०० करोड कमाउने एक्लो हिन्दि चलचित्र समेत रहेको छ।-एजेस्नी

Comments

comments