नवौ डी सिने अवार्डको लागि चलचित्र दर्ता सुरु

डी सिने अवार्डको नवौ संस्करण हेटौडामा आयोजना हुने भएको छ। गएको बर्ष पोखरामा आयोजना भएको अवार्ड यो बर्ष असार ९ गते हेटौडामा आयोजना गरिने भएको हो। स्थान र मिति तय भए संगै अवार्डमा सहभागी हुने चलचित्रको दर्ता प्रक्रिया र जुरिबाट चलचित्र हेर्ने कार्य सम्र भैरहेको छ।


अवार्डको स्थापना देखि नै जुरी बस्दै आएका कलाकार मोहन निरौलाको संयोजनामा पाँच सदस्यीय निर्णायक मण्डल रहेको छ। जुरी सदस्यमा विजयरत्न तुलाधर, पत्रकार डब्बु क्षेत्री, संगीतकार सन्तोष श्रेष्ठ र छायाँकार सवनम मुखिया रहेका छन्। २०७३ बैशाख १ देखि चैत्र मसान्त सम्म प्रदर्शनमा आएका चलचित्रलाई जुरीहरुले हेरिरहेका छन्। चलचित्रको दर्ता शुक्ल नौ सय रुपैया राखिएको छ।

Comments

comments