२०१७ को ईदमा महेश बाबु र सलमानको भिडन्त

बलिउड स्टार सलमान खानका चलचित्रहरु ईदको समयमा रिलिज हुनेगरेका छन्। हरेक प्राय ईद जस्तै २०१७ को ईदमा पनि उनको चलचित्र ‘ट्युबलाइट’ रिलिज हुने तयारीमा रहेको छ।

हरेक बर्ष कुनै ठुलो व्यानर अथवा नाम चलेका कलाकारको चलचित्र संग नभिडेका सलमान यो बर्षको ईदमा भने साउथ सुपरस्टार महेश बाबु संग भिड्ने भएका छन्।
ए.आर मुरुगोदासले महेश बाबुलाई लिएर चलचित्र घोषणा गरेका छन्, जुन चलचित्र २०१७ को ईदमा रिलिज हुनेछ।
महेश बाबुको चलचित्रको टक्करमा सलमानको चलचित्रको व्यापार साउथमा कम हुने पक्का देखिन्छ।- एजेन्सी

Comments

comments