चलचित्र ‘छक्का पन्जा’ युटुब मा सार्वजनिक (भिडियो)

बर्ष २०७३ को सफल चलचित्र ‘छक्का पन्जा’ युटुबमा सार्वजनिक भएको छ। पाईरेसीको चपेटामा परेपछि चलचित्र प्रदर्शनरत रहदा नै सार्वजनिक गरिएको हो।


दिपकराज गिरि र निर्देशक दिपाश्री निरौला चलचित्र प्रदर्शनको लागि युरोप पुगेको बेला फेसबुक मार्फत पुरै चलचित्र लिक भए पछि आधिकारिक रुपमा हाईलाइट्स नेपाल मार्फत चलचित्र युटुव मार्फत रिलिज गरिएको हो।
आमा सरस्वती गेटा देवी फिल्मसको प्रस्तुति चलचित्रले नेपाली चलचित्र ईतिहासमा नयाँ आयाम ल्याउन सफल भएको थियो। प्रदर्शनको १०० दिन मनाउन सफल चलचित्र अझै हलहरुमा प्रदर्शन भैरहेको छ।
दिपाश्री निरौला डेव्यु निर्देशन रहेको चलचित्रमा दिपकराज गरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, नम्रता सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ।
हेर्नुहोस पुरा चलचित्र

https://youtu.be/u5NJUF-M6pc

Comments

comments