दिपक-दिपाको ‘छक्का पन्जा २’ संग भिड्न छविराज ओझाको ‘मंगलम’ तयार

बर्ष २०७३ को सफल चलचित्र ‘छक्का पन्जा’ को सिक्वेल निर्माण घोषणा भैसकेको छ। छायाँकन सुरुवात अगाडी नै चलचित्रले असोज ११ गतेलाई रिलिज मिति तय गरेको छ। ‘छक्का पन्जा २’ मा ‘छक्का पन्जा’ कै अधिकांश कलाकार दोहोरिने छन् भने केहि नयाँ कलाकार समेत रहने दिपक-दीपाले जानकारी दिएका छन्।

असोज ११ गतेलाई रिलिज मिति तय गरेको चलचित्र संगै छविराज ओझाको चलचित्र ‘मंगलम’ प्रदर्शन हुने भएको छ।
नवल नेपालले निर्देशन गरेको चलचित्रमा पुष्पल खड्का र शिल्पा पोख्रेल मुख्य भूमिकामा रहेका छन्। निर्देशक नेपालले सामाजिक संजाल फेसबुक मार्फत चलचित्र असोज ११ मा रिलिज हुने जानकारी गराएका छन्।

मोडलिङ क्षेत्र हुदै ‘दर्पणछाया २’ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेका पुष्पल र छविराज ब्यानरमा सफल शिल्पा पोख्रेलको क्यामेष्ट्री हेर्न दर्शक प्रतिक्षित छन्।
पहिलो चलचित्र नै हिट दिएकी दिपाश्री निरौलाको निर्देशनमा बन्ने ‘छक्का पन्जा २’ र आफ्नो चलचित्र चलाउने आफ्नै फर्मुला भएका छविराज ओझाको टक्कर हेर्नलायक रहनेछ।

Comments

comments