‘पूर्व पश्चिम रेल’ले पायो एक करोड बढी भ्युअर्स

नेपाली चलचित्र ईतिहासमा रेकर्डमय व्यापार गर्न सफल चलचित्र ‘छक्का पन्जा’ को गीत ‘पुर्व पश्चिम रेल’ ले युट्युबमा एक करोड माथि भ्युअर्स पाएको छ। धेरै सिनेमा घरमा प्रदर्शनको सय दिन मनाउन सफल चलचित्रको गीतले यो समाचार तयार पार्दा सम्म १ करोड ५६ लाख बढी भ्युअर्स पाएको छ। राजनराज शिवाकोटीको शब्द, संगीत रहेको गीतमा राजनराज र अन्जु पन्तको आवाज रहेको छ। राजन इशानको संगीत संयोजन रहेको यो गीतमा कविराज गहतराजले कोरियोग्राफि गरेका छन् ।


यो गीतले ‘सुर्के थैली’ खै पछी नेपाली चलचित्रको ईतिहासमा सर्वाधिक हेरिएको गीत हो। सुर्के थैली पनि राजनराज शिवाकोटीले नै तयार पारेको गीत हो।
दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्रमा दिपकाराज गिरि, प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत,, केदार घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ।

Comments

comments