दीपिका देखि कंगना सम्म, १० बलिउड अभिनेत्रीका साउथ ईन्डियन चलचित्र

बलिउड स्टार अक्षय कुमारको साउथ स्टार रजनीकान्ताको साथमा नयाँ चलचित्र ‘२.०’ रिलिजको तयारीमा रहेको छ।बलिउडमा स्टार बनिसकेपछि साउथामा काम गर्न धेरै हिच्किचाउने गरेको उनले टिप्पणी समेत दिएका छन्। अक्षय मात्रै एक कलाकार होइनन् जसले साउथ चलचित्रमा काम गरेका छन्। बलिउडका धेरै चर्चित कलाकारले साउथ इन्डियन चलचित्रमा काम गरिसकेका छन्। आज हामि बलिउडका चर्चित १० अभिनेत्रीका साउथ चलचित्रको बारेमा चर्चा गर्न लागिरहेका छौ।

१. कंगना रनावट
बलिउडमा सफल अभिनेत्री कंगना रनावटले सन् २००६ मा ‘ग्याङ्गस्टार’ चलचित्र मार्फत बलिउडमा डेव्यु गरेकी थिइन्। बलिउडमा प्रवेश गरे पछाडी उनले एक तेलगु र एक तमिल चलचित्रमा काम गरेकी थिइन्। उनले सन् २००८ मा जयम रविको साथमा चलचित्र ‘धाम-धूम’ र सन् २००९ मा ‘एक निरन्जन’ चलचित्रमा प्रभास संग काम गरेकी थिइन्।

२. प्रियंका चोपडा
बलिउड हुदै हलिउड सम्मको यात्रा यात गरेकी प्रियंका चोपडा निकै सफल अभिनेत्री हुन्। बलिउडकि सफल अभिनेत्री प्रियंकाले सन् २००२ मा ‘थमिझन’ चलचित्रमा काम गरेकी थिइन्। साउथका सफल अभिनेता विजय संग उनले काम गरेकी थिइन्। उनले ‘उलाथई किलाथे’ बोलको गीतमा समेत विजय संग काम गरेकी थिइन्।

३. दीपिका पादुकोण
दीपिका पादुकोणले सन् १९९६ मा कन्नड चलचित्र ‘ऐश्वर्य’ मा काम गरेकी थिइन्। उपेन्द्र राव संग उनले उक्त चलचित्रमा काम गरेकी थिइन्। त्यस्तै उनले रजनीकान्त संग तामिल चलचित्र ‘कोच्चाडियन’ मा समेत काम गरिसकेकी छिन्।

४. कटरिना कैफ
कटरिना कैफले तेलगु चलचित्र ‘मल्लिश्वरी’ र ‘अल्लारी पिडुगु’ मा काम गरेकि छिन्। यी दूई चलचित्रको साथमा उनले मलयालाम चलचित्र ‘बलराम भर्सेज तारादास’ मा समेत काम गरेकी छिन्।

५. प्रिती जिन्टा
कुनै समय बलिउडकी निकै सफल अभिनेत्री प्रिती जिन्टाले समेत साउथ चलचित्रमा अभिनय गरिसकेकी  छिन्। उनले तेलगु चलचित्र ‘प्रेमंते इदरु’ र ‘राजा कुमरुदु’ मा काम गरिसकेकी छिन्। त्यस्तै उनले भोजपुरी चलचित्र ‘कमाल कईल राजा’ मा समेत काम गरेकी थिइन्।

६. ऐश्वर्य राय
बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्य रायले मोहन लाल मुख्य भूमिकामा रहेको चलचित्र ‘इरुवर’ मार्फत डेव्यु गरेकी थिइन्। यो बाहेक उनले तामिल चलचित्र जिन्स, कंदुकोदौन कंदुकोदौन, एंथिरन मा काम गरेकी थिइन् भने उनले तेलगु चलचित्र ‘रवोई चंदमामा’ र बंगाली चलचित्र ‘चोखेर बालि’ मा समेत काम गरेकी थिइन्।

७.सुष्मिता शेन
बलिउड अभिनेत्री सुष्मिता शेनले साउथका चर्चित अभिनेता नागार्जुन संग तामिल चलचित्र ‘रतचगन’ मा काम गरेकी थिइन्। त्यस्तै उनले तामिल चलचित्र मधुलवन को साथमा बंगाली चलचित्र ‘इट वाज रेनिंग दैट नाइट’ मा समेत काम गरेकी थिइन्।

८. सोनाक्षी सिन्हा
सोनाक्षी सिन्हाले सन् २०१४ मा रिलिज भएको तामिल चलचित्र ‘लिंगा’ मा काम गरेकि थिइन्। उनले  यो चलचित्रमा रजनीकान्तको साथमा काम गरेकी थिइन्।

९. विपाशा वासु
बलिउडकी सेक्सी अभिनेत्री विपाशा बासुले साउथका चर्चित अभिनेता महेश बाबु संग कम गरिसकेकी छिन्। उनले सन् २००२ मा रिलिज भएको चलचित्र टक्कारी ड़ोंगा मा महेश बाबु संग काम गरेकी थिइन्।

१०. कृति सेनान
कृतिको पहिलो चलचित्र तेलगु चलचित्र ‘नेनोक्काडीन’ हो। सन् २०१४ मा रिलिज भएको यो तेलगु चलचित्रमा उनले महेश बाबु संग काम गरेकी थिइन् भने उनले सन् २०१५ मा रिलिज भएको चलचित्र ‘दोहचे’ मा समेत कम गरेकी छिन्।

Comments

comments