दृष्टीबिहिन बनिन् बेनिशा, सुरु भयो ‘ब्लाइन्ड रक्स’को छायाँकन

मिलन चाम्स निर्देशित चलचित्र ‘ब्लाइन्ड रक्स’को छायाँकन सुरु भएको छ। चलचित्र ‘ब्लाइन्ड रक्स’ ले आफ्नो छायाँकन यात्रा कमलपोखरी स्थित सिटि सेन्टर बाट सुरु गरेको छ। सोमबार बिहान गणेश मन्दिरमा शुभ साईत गरेर चलचित्रको छायाँकन सुरु गरिएको छ।


चलचित्रका मुख्य कलाकार बेनिशा हमाल र अर्पण थापाले पहिलो सट् दिएका थिए।
दृष्टीबिहिन शृष्टि केसीको भूमिकामा बेनिशा हमाल देखिएकी छिन्। ३५ दिन लगाएर चलचित्रको छायाँकन सकिने निर्माण टिमले जनाएको छ।
निकेश लिम्वुले निर्माण गर्ने चलचित्र दृष्टि गुमाएकी सृष्टिको जीवनमाथि बन्न लागेको छ। चलचित्रमा गौरी मल्ल र बैंकर अनिल शाह समेत मुख्य भूमिकामा देखिनेछन्

Comments

comments