यस्ती छिन् भुवनकी छोरी काजोल, हेर्नुहोस् अनमोल र काजोल संगका भुवनका केहि तस्विर

अभिनेता भुवन केसी नेपाली चलचित्र क्षेत्रका सदावाहार अभिनेता हुन्। नेपाली चलचित्र क्षेत्र र नेपाली चलचित्र दर्शकको लागि उनले धेरै सफल चलचित्रहरु दिएका छन्।


अभिनय संगै निर्देशनमा समेत हात हालेका भुवन केसीका छोरा अनमोल केसी पनि युवास्टार बनिसकेका छन्। अभिनय गरेका सबै चलचित्र हिट दिएका अनमोल यतिबेला आफ्नो पाँचौ चलचित्रको तयारीमा रहेका छन्। भुवन पुत्र अनमोलको बारेमा सवैलाई थाह भए पनि उनकी छोरी काजोलको बारेमा भने कमैलाई थाह छ।

भुवनले चलचित्र निर्माण गर्ने कम्पनीको नाम पनि छोरीको नाम बाट नै राखेका छन्, काजोल फिल्मस् भनेर। तर नेपाली दर्शक र मिडियाबाट भने उनि टाढै रहेकी छिन्। त्यसको कारण हो, उनि अमेरिकामा बसोबास गर्ने गर्दछिन्।

सामाजिक संजालमा भुवन केसीले पनि काजोलका तस्विरहरु कमै सार्वजनिक हुने गरेका हुन्छन्। जेठी श्रीमती विजयाको तर्फबाट छोरी काजोलको जन्म भएको थियो। काजोलको भारतीय मुलका व्यापारी पुनित राय संग विवहा भैसकेको छ।

जेठी श्रीमतीको तर्फबाट उनको एक छोरा रहेका छन् र जेठी श्रीमती र छोरा अमेरिका मै बस्ने गर्दछन्। श्रीमतीहरु संगको सम्बन्ध चिसिएपनि छोरा छोरी संग भने निकट रहेको भुवन स्वयम् बताउछन्।

तस्विर:भुवन केसीको फेसबुकबाट

Comments

comments