भूवनको नजरमा साम्राज्ञी पछिको सुपरस्टार अदिति बुढाथोकी

अभिनेता भूवन केसी यतिबेला चलचित्र ‘कृ’ को छायाँकनमा व्यस्त छन्। अनमोल केसी र अदिति बुढाथोकी मुख्य भूमिकामा रहेको चलचित्र ‘कृ’ को छायाँकन यतिबेला धमाधम भैरहेको छ। यहि चलचित्रको लागि अनमोल निकै लामो समयबाट तयारीमा जुटिरहेका छन्। कतिसम्म भने चलचित्रको लागि उनले तयार परेको लुक्स नबाहिरियोस भनेर उनि निकै लामो समयबाट सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।

यहि चलचित्र मार्फत मोडल अदिति बुढाथोकी नेपाली सिने नगरीमा डेव्यु गर्ने तयारीमा रहेकी छिन्। यहि दौरान अभिनेता भूवन केसीले अदितिलाई साम्राज्ञीपछिको सुपरस्टारको ट्याग भिराइसकेका छन्। साम्राज्ञीलाई पनि भूवनले चलचित्र ड्रिम्स मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए। अहिले साम्राज्ञी नेपालको सर्वाधिक खोजिने अभिनेत्रीमा पर्ने गर्दछिन्। भूवनले सोहि क्षमता अदितिमा पनि देखेको बताएका छन्। अदितिको सुन्दरता र कामले नेपाली चलचित्र क्षेत्रले एउटा राम्रो अभिनेत्री पाउनेमा विश्वस्त रहेको बताए।

 

Comments

comments