९ हजार वर्ग फिटमा बनाईएको भवनमा सुटिङ भएको थियो ‘वेगम जान’

विद्या बालन मुख्य भूमिकामा रहेको चलचित्र ‘बेगम जान’ प्रदर्शनमा आईसकेको छ। कोठी मालिक्नीको भूमिका निर्वाह गरेकी विद्या निकै सशक्त देखिएकी छिन्। 
विद्याले संचालन गरेको कोठीलाई भारत र पाकिस्तानको सिमानामा देखाईएको छ।  उक्त कोठी ९ हजार वर्ग फिटमा निर्माण भएको थियो।  ७ वटा कोठा भएको भवनको पाँच वटा कोठामा चलचित्रको छायाँकन गरिएको थियो।
भारतीय मिडियाका अनुसार उक्त भवन निर्माण दोश्रो पटक सम्भव भएको थियो। खुल्ला एरिया र ठुलो हावा चल्ने ठाउ भएको कारण उक्त भवन बनाउन निकै गाह्रो भएको बताईएको छ।-एजेन्सी

Comments

comments