‘छक्का पन्जा २’ सुरु हुनै लाग्दा ‘मिस्टर झोले’को लागि पोखरामा वर्षा, के हुन्छ ‘छक्का पन्जा २’?

पछिल्लो समयकी सफल अभिनेत्री हुन्, वर्षा राउत। तीनवटा चलचित्रमा अभिनय गरेकी बर्षाले तीनवटा नै चलचित्र हिट दिएकी छिन्। चलचित्र बजारमा निकै नै रुचाईएकि अभिनेत्री बर्षा यतिबेला दुई चलचित्रमा अनुबन्धित भैसैकेकी छिन्। केहि समय अगाडी मात्रै सौगात मल्ल संग चलचित्र ‘मेरो पैसा खोइ’ मा स्क्रिन शेयर गरेकी बर्षा यतिबेला चलचित्र ‘मिस्टर झोले’ मा दयाहाङ राई संग काम गरिरहेकी छिन्।


बर्ष २०७३ को सफल चलचित्र ‘छक्का पन्जा’ मा अभिनय गरेकी बर्षा यसको सिक्वेल ‘छक्का पन्जा २’ मा समेत अनुबन्धित भैसैकेकी छिन्। ‘छक्का पन्जा २’ को छायाँकन बैशाख १४ गतेबाट सुरु हुदै छ।
छायाँकन सुरु हुन केहि दिन मात्रै बाँकी रहदा बर्षा भने ‘मिस्टर झोले’ को लागि पोखरामा व्यस्त छिन्। चलचित्र ईतिहासको सर्वाधिक सफल चलचित्रको सिक्वेल सुटिङ मिति नजिकिदै गर्दा ‘मिस्टर झोले’ को लागि बर्षा पोखरा हानिदा ‘छक्का पन्जा २’ मा उनको भूमिका रहने नरहने भनेर अड्कलबाजी काट्न थालिएको छ।
तर यो बिषयमा बोल्दै बर्षा भन्छिन्, ‘छक्का पन्जा २ मा मेरो भूमिका नरहेको हैन। दुवै चलचित्रको लागि सेड्युल मिलाएर काम गरिरहेकी छु। ‘छक्का पन्जा २’ को सुटिङको सुरुवाती सिनहरु मेरो छैन। करिव १० दिन सम्म ‘मिस्टर झोले’ को छायाँकनमा व्यस्त रहन्छु अनि म छक्का पन्जा २ को सुटिङ सेटमा जोडिनेछु।’
लक्की अभिनेत्रीको रुपमा समेत परिचित रहेकी वर्षाले लगातार चलचित्रको छायाँकानमा रहेकी छिन्।
स्पष्ट बल्ने र चुलबुले स्वभावको कारण नै बर्षाले आफ्नो ठुलो फ्यान फलोईङ बनाएकी छिन्।  धेरै निर्माता निर्देशकको नजरमा पर्ने सफल बर्षाले अभिनय गरेका चलचित्र बर्ष २०७४ मा पनि प्रतिक्षित रहने पक्का छ।

Comments

comments