सारीमा साजिएकी बर्षा राउत (फोटोफिचर)

पछिल्लो समय चर्चामा रहेकी अभिनेत्री हुन्, बर्षा राउत। म्युजिक भिडियो हुदै चलचित्र क्षेत्रमा होमिएकी बर्षले अभिनय गरेका तीनैवटा चलचित्र व्यावसायिक हिसावले सफल छन्।

नाइँ न भन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी बर्षाको यसैवर्ष मात्रा ‘छक्का पन्जा’ र ‘जात्रा’ सफल चलचित्र रहेका छन्। एकपछि अर्को सफल चलचित्रमा अभिनय गरेकी बर्षलाई ‘लक्की हिरोईन’को रुपमा समेत लिईन्छ।

बर्षा चलचित्र क्षेत्र संगै म्युजिक भिडीयो समेत सक्रिय छिन्। आफ्नो चौथो चलचित्र ‘मेरो पैसा खोई’ को सुटिङमा व्यस्त बर्षा ‘छक्का पन्जा २’ मा काम गर्ने भैसकेकी छिन्।


नेपाल चलचित्र कलाकार संघले आफ्नो १५ औ साधारण सभामा बर्षालाई नव प्रतिभा सम्मान दिएको छ। सम्मानित बर्षाले सम्मानले आफुलाई काम गर्न अझ हौसला जागेको बताउछिन्।

पछिल्लो समय निकै व्यस्त बर्षा राउतका  केहि तस्विर प्रस्तुत गरेका छौ।

तस्विर: डिपलभ 

Comments

comments