किन पश्चाताप गर्दैछन् बर्षालाई प्रस्ताव राखेर पुष्पल?

म्युजिक भिडियोमा स्थापित बनेको दुई नाम हो, पुष्पल खड्का र बर्षा राउत। दुवैजना म्युजिक भिडियो र चलचित्र क्षेत्रमा सक्रिय छन्।

यी दूईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। दीप श्रेष्ठको आवाजमा रहेको गीत ‘प्रस्ताव’ मा शिशिर बराकोटीको शब्द रहेको छ। आनन्द राईको म्युजिक रहेको गीतको भिडियो समेत सार्वजनिक गरिएको छ।

सार्वजनिक भिडियोमा पुष्पल खड्का, बर्षा राउत, पवन र शितल फिचरीङमा रहेका छन्।  निकेश खड्काले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्।

Comments

comments