‘मिस्टर झोले’ मा बर्षा र दयाहाङको जोडी, रामबाबुले निर्देशन गर्ने

रामबाबु गुरुङको निर्देशनमा चलचित्र ‘मिस्टर झोले’ निर्माण हुने भएको छ। बिहिबार बिहान नक्सालस्थित भाटभटेनी मन्दिरमा चलचित्रको शुभमुहर्त गरिएको छ। सम्पूर्ण टिमको उपस्थितिमा मल्टीस्टारर चलचित्रको शुभमुहर्त गरिएको थियो। चलचित्रको छायाँकन बैशाख ११ गतेबाट कास्की जिल्ला बाट सुरु हुनेछ।


चलचित्रमा दयाहाङ राई, बर्षा राउत, दिया पुन, बुद्धि तामाङ, पुस्कर गुरुङ, अरुणा कार्की, कमलमणि नेपाल, लगायतका कलाकार रहेका छन्। चलचित्रलाई टेकेन खड्काले निर्माण गर्नेछन् भने चलचित्रमा रौनक बिक्रम कंडेल कार्यकारी निर्माता रहेका छन्। चलचित्रमा शैलेन्द्र डी. कार्कीको सिनेम्याटोग्राफी रहनेछ।
२०७० सलामा निर्माण भएको चलचित्र ‘झोले’ को टाइटल ब्राण्डलाई प्रयोग गरेर टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्ट्सले चलचित्रलाई संयुक्त रुपमा निर्माण गर्नेछ।

‘झोले’ मा दयाहाङ राई, प्रियंका कार्की लगायतका कलाकारको अभिनय रहेको थियो। ‘मिस्टर झोले’ मा दयाहाङ राई दोहोरिएका छन् भने अरु प्राय नयाँ कलाकार रहेका छन्। चलचित्रको बिषय, स्थान, पात्र, कथा संरचना रहेकाले चलचित्रलाई सिक्वेलाको रुपमा नलिन अनुरोध निर्माण टिमले गरेको छ।

Comments

comments