सकियो ‘बाहुबली २’ को सुटिङ

दर्शकले निकै प्रतीक्षा गरेको चलचित्र ‘बाहुबली २’ को सुटिङ सम्पन्न भएको छ। चलचित्र निर्देशक एस.एस राजामौलीले टुइटरमा  करिव साढे तीन वर्षको ‘प्रभास’ संगको  चलचित्रको यात्रा सकिएको बताएका छन् ।  निर्देशक एस.एस राजामौलीले टुइटरमा आफ्ना शुभचिन्तकलाई चर्चित चलचित्र ‘बाहुबली’ को सिक्वेल ‘बाहुबली २’ को सुटिङ सम्पन्न भएको जानकारी गराएका हुन्।


६५० करोडको वक्स अफिस कमाई गरेको चलचित्र ‘बाहुबली’ को सिक्वेल निकै प्रतिक्षित बनेको छ। चलचित्र १४ अप्रिल २०१७ मा रिलिज हुने तयारीमा रहेको छ।

Comments

comments