आयुष्मानले जोडे प्रियंकासंग जोडी, संगीताको निर्देशनमा कस्तो बन्ला दूइको चलचित्र?(भिडियोसहित)

आयुष्मान देशराज जोशी र प्रियंका कार्की मुख्य भूमिकामा रहने चलचित्र ‘कथा काठमाडौं’ निर्माण हुने भएको छ।टेलिभिजन कार्यक्रम प्रस्तोता संगीता श्रेष्ठले निर्देशन गर्ने चलचित्रमा मल्टी स्टारको बाहुल्यता रहेको छ। काठमाडौंमा देखिएका र नदेखिएका कथा चलचित्र बोल्ने बताईएको छ।

चलचित्रमा प्रियंका र आयुष्मानको साथमा प्रमोद अग्रहरी, सन्ध्या केसी, सन्जोग कोईराला र प्रेक्षा अधिकारी मुख्य भूमिकामा रहेका छन्। चलचित्र यसै साताबाट फ्लोअरमा जाने बताईएको छ।
नेपाली चलचित्रमा नौलो प्रयास गर्न लागेको बताउदै निर्देशक संगीताले भनिन्,’ चलचित्रमा तीन फरक कथालाई जोडेर एउटा पूर्ण चलचित्र बनाउने पप्रयास गरेका छौ।’
तीन फरक–फरक कथा भएपनि सबै कथाका पात्रसँग एक अर्काको कनेक्शन रहने निर्देशक श्रेष्ठले जानकारी दिइन् । विजय राईको लगानी रहेको चलचित्र आहाना फिल्मसको प्रस्तुतिमा तयार हुनेछ।

Comments

comments