आयुष्मानका फ्यान थरीथरिका, ‘कसैको विवहा गर्ने त कसैको ड्राइभमा जाने चाहाना’ ,दरवारमार्गमा आज जे देखियो (भिडियो)

मोडल तथा अभिनेता आयुष्मान देशराज जोशीले निकै गज्जबको फ्यान फलोइङ बनाएका छन्। केही भिडियो तथा एक चलचित्रमा देखिएका आयुष्मानको हाईट र उनको स्माईलले धेरै जना मोहित रहेका छन्।

आज दरवारमार्गको एक सैलुन उद्घाटन गर्न पुगेका आयुष्मानको क्रेज निकै मज्जाले देखियो। सामाजिक संजाल इन्स्टाग्राममा उनले राखेको अपडेटलाई नै आधार बनाएर धेरै फ्यानहरु उनीसंग सेल्फी खिच्न त्यहाँ पुगेका थिए।
घन्टौ सम्मको पर्खाईपछी उनीहरुले आयुष्मान संग सेल्फी खिच्न पाएका थिए। उनको पर्खाईमा रहेका केहि फ्यानहरु उनिसंग सेल्फी खिच्न पाएको कारण निकै भावुक समेत बनेका थिए।
घन्टौ सम्म सेल्फी खिच्न प्रतीक्षा गरेकी उनकी एक फ्यानले आयुष्मानको बारेमा बोल्दै भनिन्, घन्टौ सम्म आयुष्मानलाई हेर्दा पनि थाक्दीन। पहिलोपटक उहालाई भेट्दा निकै खुसि भएकी छु। उनले थपिन्,’उहा संग विवहा गर्ने चाहाना थियो। तर प्रियंका दि (प्रियंका कार्की) संग उहाको अफेयर चलेको थाह पाएपछि त्यो सपना मारे।’

त्यस्तै अर्की एक फ्यानले आयुष्माना संग प्रियंकाको प्रेम परेको कारण नै आफुलाई प्रियंका मन पर्न छाडेको बताईन्। उनले भनिन्,’मलाई प्रियंका कार्की एकदम मनपर्थ्यो तर आयुष्मान संग प्रेममा भन्ने सुनेपछि मन पर्न छोड्यो।’उनले आयुष्मान संग विवहा गर्ने चाहाना समेत व्यक्त गरेकी थिइन्।

फरक फरक प्रकारको फ्यान भेटेका आयुष्मान सवै संग सेल्फी खिच्न र कुराकानी गर्न रमाईरहेका थिए।

भिडियो:

Comments

comments