यस्ता छन् यो बर्षका केहि प्रतिक्षित चलचित्र

बर्ष २०७३ मा धेरै चलचित्र रिलिज भए। तर केहि चलचित्रले मात्रै दर्शकको मन जित्न सफल भए। बर्ष २०७४ मा पनि धेरै चलचित्रले आफ्नो रिलिज मिति तय गरिसेकेका छन्। जेठ महिनाको मध्य समय आईसक्दा पनि कुनै नेपाली चलचित्रले सोचेअनुरूपको व्यापार गर्न सफल भएका छैनन्।

बर्षको सुरुवाती दिन तीन नेपाली चलचित्र रिलिज भएका थिए। घामपानी, राधे र लभ लभ लभ तीनै चलचित्रले त्यस्तो तहल्का मच्चाउन सकेका थिएनन्। त्यसपछि निकै समयसम्म भारतीय चलचित्र ‘बाहुबली २’ को ह्यांगमा रहेका नेपाली दर्शकले जेठ ५ गते डायरी चलचित्र हेर्ने मौका पाए। तर रेखा थापा र छुल्ठिम गुरुङ स्टारार चलचित्रले पनि खासै तहल्का मच्चाउन सकेन।

जेठ १२ गतेबाट पर्व चलचित्र रिलिज भएको छ। दिनेश राउत निर्देशित चलचित्र पनि दर्शकको प्रतिक्षाको चलचित्र रहेको थियो।आज हामि यो बर्ष रिलिज हुन लागेका केहि चलचित्रको चर्चा गर्न लागिरहेका छौ जो दर्शकको पर्खाईको चलचित्र बनिरहेका छन्।

१. म यस्तो गीत गाउँछु
असार ३० गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ दर्शकमाझ प्रतिक्षित बनेको छ। पल शाह र पुजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन्। बर्ष २०७२ मा रिलिज भएको चलचित्र ‘प्रेमगीत’ को शिर्ष गीत बाट नाम साभार गरेर तयार पारिएको चलचित्रमा पुजा र पलको क्यामेष्ट्री हेर्न दर्शक लालायित रहेका छन्। केहि समय अगाडी सार्वजनिक ‘भन्छु आज’ बोलको गीतले दर्शकको मन जित्न सफल भएको छ।

२. ‘प्रेम गीत २’
बर्ष २०७२ को सफल चलचित्र ‘प्रेम गीत’ को सिक्वेल चलचित्र ‘प्रेमगीत २’ पनि दर्शकको प्रतिक्षाको चलचित्रको रुपमा रहेको छ। रामशरण पाठकको निर्देशनमा तयार भएको चलचित्रमा प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा रहेका छन्। पहिलो चलचित्र सफल भएको कारणले पनि यसको सिक्वेल कस्तो बनेको होला भनेर हेर्नको लागि दर्शक लालायित रहेका छन्। नेपाल लगायत विदेशका विभिन्न स्थानामा खिचिएको चलचित्र साउन १३ गते रिलिज हुने तयारीमा रहेको छ।

३.धनपति
अब्बल अभिनयको लागि माहिर मानिएका अभिनेता खगेन्द्र लामिछानेको नयाँ चलचित्र ‘धनपति’ पनि दर्शकको लागि निकै प्रतिक्षित चलचित्र बनेको छ। आम भाषामा भन्नु पर्दा अर्गानिक स्वादको चलचित्रमा अभिनय गर्ने खगेन्द्रको अभिनय कलाले नै दर्शकलाई लोभ्याउन सफल भएको छ। दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र असार २३ गतेबाट रिलिज हुने तयारीमा रहेको छ।

४. ‘ए मेरो हजुर २’
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी  शाहले अभिनय गरेको कारण नै चलचित्र ‘ए मेरो हजुर २’ प्रतिक्षित बनेको छ। त्यसो त ए मेरो हजुर आफैमा सफल चलचित्र भएको कारण पनि यसको सिक्वेल प्रतिक्षित बन्नु सामान्य कुरा हो। तर दुई बर्ष पछी पर्दामा साम्राज्ञीको कुनै चलचित्र रिलिज हुनुले पनि यो चलचित्र प्रतिक्षित बनेको छ। नवनायक सलिनमन बानिया र साम्राज्ञी मुख्य भुमिकामा रहेको चलचित्र भदौ १६ गतेबाट रिलिज हुने तयारीमा रहेको छ।

५. कृ
अनमोल केसी स्टारर चलचित्र ‘कृ’ अर्को पर्खाईको चलचित्र रहेको छ। युवा स्टार अनमोल केसीको नाम जोडिनुले नै चलचित्र प्रतिक्षित बनिरहेको छ। त्यसो त निकै लामो समयबाट यहि चलचित्रको लागि उनले आफ्नो लुक्स लुकाईरहेका छन्, त्यसैले पनि उनि कस्तो रुपमा प्रस्तुत हुने हुन भन्ने कौतुहलताले पनि चलचित्र प्रतिक्षित बनिरहेको छ। भदौ ९ गतेलाई चलचित्रले रिलिज मिति तय गरे पनि यसको रिलिज मिति फेरबदल हुने सम्भावना चुलिएको छ।

६. ‘छक्का पन्जा २’
बर्ष २०७३ को सर्वाधिक सफल चलचित्र ‘छक्का पन्जा २’ पनि बर्ष २०७४ को प्रतिक्षित चलचित्र हो। नेपाली चलचित्र इतिहासमा सर्वाधिक कमाई गर्न सफल चलचित्रको सिक्वेल कस्तो बन्ने को भन्ने कौतुहलताले सवैलाई घेरेको छ। दिपाश्री निरौलाको निर्देशनमा तयार हुन लागेको चलचित्र असोज ११ गतेबाट रिलिज हुन लागेको छ।

Comments

comments