चर्कियो कटरिना र ऐश्वर्या विवाद, यस्तो छ कारण

बलिउड सेलेब्सको कन्ट्रोभर्सीले मिडिया सधै गर्माउने गर्दछ। पछिल्लो समय भारतीय दुई अभिनेत्री कटरिना कैफ र ऐश्वर्य राय बच्चनको सम्वन्ध पनि त्यस्तै भएको छ।


पछिल्लो समय कटरिना कैफको नयाँ चलचित्र ‘जग्गा जासुस’ रिलिजको तयारीमा रहेको छ। प्रेमी रणवीर कपुर संगको ब्रेकअप पछी यी दुईको चलचित्र एकसाथ रिलिज हुन लागेको हो। दुवैले चलचित्र प्रमोशनमा कुनै कमि हुन् दिएका छैनन्. यहि दौरान अभिनेत्री कटरिनाले ऐश्वर्य रायलाईस्याल भनेकी छिन्। रणवीर र कटरिना चलचित्रको प्रमोशानको लागि फेसबुक लाईभमा रहेका थिए। लाईभमा उनीहरु एक गेम खेलिरहेका थिए। गेममा रणविरले जनवारको नाम लिदै कटरिनालाई सेलिव्रेटीको नाम जोड्न आग्रह गरेका थिए। खेलकै क्रममा रणविरले स्यालको नाम लिंदा कटरिनाले ऐश्वर्य राय बच्चन भनेकी थिइन्।

Comments

comments