आर्यन र अशिष्माको जोडी पर्दामा पहिलोपटक बाधिदै

अभिनेता आर्यन अधिकारी र अभिनेत्री अशिष्मा नकर्मी नयाँ चलचित्रमा अनुबन्धित भएका छन्। यी दुवैले ‘जस्मिन’ चलचित्रमा एकसाथ काम गर्न लागेका हुन्।

आर्यन अधिकारी नेपाली चलचित्र क्षेत्रमा आफ्नो भविष्य बनाउने तयारीमा रहेका छन्। उनको एउटा चलचित्र प्रदर्शनमा आईसकेको छ भने केहि चलचित्र प्रदर्शनको तयारीमा रहेका छन्। यस्तै केहि समय अगाडीबाट नेपाली चलचित्रमा सक्रिय अशिष्मा पनि एक पछी अर्को चलचित्रमा काम गर्ने अवसर पाउदै आएकी छिन्। असारको अन्तिमबाट चलचित्रको छायाँकन सुरु हुने बताईएको छ।

Comments

comments