सुरु भो एलिजाको ‘अनुराग’ छायाँकन, जनकपुरमा गरियो शुभमुहर्त

अनेक हल्ला र चर्चा चलाईएको चलचित्र ‘अनुराग’ को अन्ततः छायाँकन सुरु गरिएको छ। जनकपुरमा शुभमुहर्त गरेर पोखराबाट चलचित्रको छायाँकन सुरु गरिएको चलचित्र नायिका एवम् निर्मात्री एलिजा गौतमले जानकारी दिईन्।

मोडल दिपक घुमिरेलाई मुख्य नायक भनेर घोषणा गरिएको चलचित्रबाट दिपकले हात झिकेपछी चलचित्रको सुटिङ्ग पछाडी धकेलिएको थियो। कहिले पल शाह त कहिले सलोन बस्नेतको हल्ला चलाईएको चलचित्रमा अन्ततः नयाँ नायकको प्रवेश भयो।

एलिजाले नव नायक समुन्द्र पण्डितलाई लिएर चलचित्रको छायाँकन सुरु गरेकी हुन्। सत्यराजले निर्देशन गर्ने चलचित्रको सुटिङ्ग पोखरा, काठमान्डौ लगायतको ठाउमा हुने बताईएको छ।

Comments

comments