अनुपविक्रमको नयाँ लुक्स, यस्तो देखिए कमलेको विहेमा

अभिनेता अनुपविक्रम शाही मुख्य भूमिकामा रहेको चलचित्र ‘कमलेको बिहे’ को गीत सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ‘टाकान टुकुन’ बोलको गीत सार्वजनिक गरिएको हो।


नियमित भन्दा फरक लुक्समा देखिएका अनुपविक्रमको नयाँ लुक्स लोभलाग्दो देखिएको छ। राजनराज शिवाकोटीको शब्द/संगीतमा तयार भएको गीतमा माण्डवी त्रिपाठी र राजनराजको स्वर रहेको छ। गीतमा दीपकमान सिंहको कोरियोगाफ्री रहेको छ। प्रशन्न पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा महेश दवाडीको पटकथा/संवाद रहेको छ। चलचित्रमा अनुपविक्रम शाही, सन्ध्या केसी, विनोद न्यौपाने, इशान ढकाल, दिपक पहाडी लगायतको अभिनय रहेको छ।

Comments

comments